Print this page

नायक बन्दै सचिन

२५ पुष, काठमाडौँ । भारतीय क्रिकेटका सर्वाधिक सफल खेलाडी सचिन तेन्दुल्कर लाई अब उनका समर्थक एवं दर्शकले ठुलो पर्दामा देख्न सक्ने भएका छन् । आफ्नो जीवनीमा आधारित चलचित्रमा तेन्दुल्कर आफै नायक भएर पर्दामा देखिने भएका हुन् ।  गत वर्ष मात्र क्रिकेटबाट सन्यास लिएका तेन्दुल्करको चलचित्र छिट्टै २ हजार स्क्रिनमा रिलिज हुने बताइएको छ । भारतीय संचार माध्यमका अनुसार  टु हन्ड्रेड नटआउट नामक कम्पनीले वल्र्ड स्पोर्ट ग्रुपका लागि चलचित्र बनाउने छन् । लण्डनका निर्देशक जेम्स एर्सकाइनले  निर्देशन गरेको उक्त चलचित्रको आधा  काम सकिएको बताईएको छ । जेम्स एर्सकाइनले यसअघि ‘ब्याटल ऑफ सक्सेस’को पनि निर्देशन गरेका थिए ।यसअघि तेन्दुल्करले  विज्ञापनमा अभिनय गरिसकेका भए पनि बलिउडमा भने उनको पहिलो प्रवेश हुने छ  ।