Print this page

डा.गोविन्द केसीको अनशन स्थगित

डा.गोविन्द केसीले ३१ साउन साँझ आमरण अनशन स्थगित गरेका छन् । बाढीपहिरोका कारण देश आक्रान्त बनेको जनाउदै अनशन स्थगित गरेका हुन । अनशन स्थगित गरेको घोषणा गरे लगत्तै उनलाई आईसीयूमा लगिएको छ ।अनशन स्थगितको घोषणा गर्दै डा.गोविन्द केसी । 

३१ साउन साँझ पत्रकार सम्मेलनको आयोजना गरी अनशन स्थगित गरेको घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनेका छन, "विपत्तिमा सबै पक्षको ध्यान केन्द्रीत हुन बाधा नपुगोस भनेर मैले सत्याग्रहको कार्यक्रम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छु ।"अनशन स्थगितको घोषणा लगत्तै आईसीयूमा लगिदै ।

स्वास्थ्य क्षेत्र सुधारका लागि शिक्षाविद् केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको सुझावको आधारमा स्वास्थ्य शिक्षा विधेयक पारित गर्न माग गरी डा.केसी ९ साउनमा ११ औं पटक अनशनमा बसेका थिए । एक वर्ष अघि संसदमा दर्ता भएको विधेयक संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा अड्किएको छ ।