Print this page

शिक्षण अस्पतालका आवासीय चिकित्सकद्वारा शल्यक्रियालगायतका काम पनि बहिस्कार

काठमाडौं, साउन २४ । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १६औं दिनदेखि आमरण अनशनरमा बसेका प्रा. डा. गोविन्द केसीको मागको समर्थन गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले शल्यक्रियालगायतका सेवामा पनि सहभागी नहुने घोषणा गरेका छन् ।केसीको अनशन सुरु भएको आठौं दिनदेखि ओपीडी सेवामा सहभागी नभएका आवासीय चिकित्सकहरुले मंगलबारदेखि शल्यक्रियालगायतका काम पनि बहिस्कार गरेका हुन् ।

शिक्षण अस्पतालमा ३०० भन्दा बढी आवासीय चिकित्सक छन् । आवासीय चिकित्सक एसोसिएसनका अध्यक्ष डा. कश्यव श्रेष्ठले अनशनरत् डा. केसीका माग पूरा नभएसम्म कुनैपनि सेवामा सहभागी नहुने निर्णय भएको बताए ।यसैबीच, नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पनि डा. केसीको मागमा ऐक्यबद्धता जनाएको छ ।

नेवि संघका महामन्त्री कुन्दन काफ्लेलगायत विद्यार्थी नेताले मंगलबार डा. केसीलाई भेटी उनका मागमा ऐक्यबद्धता जनाएका हुन् ।विद्यार्थीहरुले डा. केसीका माग पूरा गर्न सरकारलाई दबाब दिँदै शिक्षण अस्पताल परिसरमै गाइजात्रा कार्यक्रमसमेत गरेका छन् ।