सरकारी शिक्षण संस्थामा एमडी/एमएस र त्यसभन्दा माथिका अध्ययन निःशुल्क
काठमाडौं । सरकारले सरकारी शिक्षण संस्थामा स्नातकोत्तर(एमडी/एमएस) तह र त्यसभन्दा माथिका अध्ययन निःशुल्क गरेको छ।
मन्त्रिपरिषदको विधेयक समितिको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसन सुरू गरेका डा. गोविन्द केसीले सरकारसँग राखेको यो एउटा प्रमुख माग हो।