Print this page

शरीर मा लगाउने सेन्सर , जसले तपाईलाई घाम बाट कालो हुन जोगाउने छ

मेल्ब्रोन इन्सटिट्युट अफ टेकनोलोजीका खोजकर्ताहरुले विकास गरेको शरीर मा लगाउने सेन्सर ले तपाईलाई घाम बाट जोगिन मद्धत गर्ने छ । लगातार घाम मा काम गर्नुपर्ने मानिसहरुको लागि यो एकदमै उपयोगी साबित हुने भएको छ ।

philipp_devices

यसमा  प्रयोग गरिएको बिशेष  प्रकारको सेन्सरले  घाम बाट निस्कने विकिरण तथा अन्य बिषालु ग्यास हरुको पहिचान गर्ने  र तपाई संग भएको मोबाइल मा सन्देस दिने छ । जसले तपाइको शरीर मा प्रबेस गरेको विकिरण तथा बिषालु ग्यासको मात्र समेत नाप्न सक्ने छ ।

जिंक तथा सिलिकन को मिश्रण बाट तयार गरिएको उक्त सेन्सर सरिर मा टास्न तथा नाडीमा घडी जस्तो लगाएर प्रयोग गर्न सकिन्छ । अहिले सामान्य रुपमा बनाइएको त्यति महँगो नभएको ले जो कोहिले पनि यसलाई प्रयोग गर्न सक्ने छन्  र पछी यसको बिकसितरुपको लागि अझै अध्यन गर्दै भएको कुरा  खोजकर्ताहरुमध्ये एक ले जानकारी दिए ।