Print this page

स्वाइन फ्लु संक्रमित ३ जना अस्पताल भर्ना

स्वाइन फलु संक्रमणले थलिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या बिहीबारसम्ममा तीन जना पुगेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनिका अनुसार हाल राजधानीमा दुई र भरतपुरमा एक जना अस्पतालमा भर्ना छन ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन परिक्षण गराउन आउनेहरुको संख्या बढदो रहेको अस्पतालका डा. राजेश साहले बताए । विहिवार समेत भ्रमण इतिहास नभएका राजधानीको केहि व्यक्तिमा स्वाइन देखिएको उल्लेख गर्दे डा. साहको अनुसार संक्रमितलाई परिक्षण पछि टैमी फ्लु औषधि दिएर पठाइएको छ ।

हालको स्थितिमा मधुमेह, मुटू, कलेजो, स्नायु सहित दमका रोगी, बुढापाका, पाँच वर्ष मुनिका बालबालिका, गर्भवती महिलाहरुलाई स्वाइनको सम्भावित संक्रमणबाट आफूलाई जोगाउनु पर्ने डा.साहले बताए ।

उनले मृगौला लगायत अंग प्रत्यारोपपण गराएकाहरुको साथै एचआईभी र एड्स भएका वा रोग प्रतिरोधक क्षमता कम भएकाहरुलाई समेत स्वाइन संक्रमणबाट बच्ने सल्लाह दिए ।