Print this page

शताब्दी पुरुष अस्पतालबाट घर फिर्ता सरकारबाट १२ लाख रुपियाँ प्रदान गरिने

शताब्दी पुरुष डा.सत्यमोहन जोशी स्वास्थ्योपचार गरेर आज आफ्नो घर ललितपुरको बखुम्बहाल फर्कनु भयो । अस्पतालबाट घर जानेक्रममा दौरा, सुरुवाल, कोट र टोपीमा सजिएका उहाँले कोटमा आदिकवि भानुभक्त आचार्यको व्याज लगाउनु भएको थियो ।

unnamed-878

unnamed-879

नइ प्रकाशनको पहलमा उहाँलाई मब्सिर २१ गते काठमाडौंको वयोधा अस्पतालमा भर्ना गरिएको थियो । डा.जोशीलाई नेपाल सरकारले उपचारार्थ सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको थियो । सोही अनुसार हालसम्म ११ लाख ७२ हजार रुपियाँ उहाँको उपचारमा खर्च भैसकेको छ ।

unnamed-877

अस्पतालबाट घर जानुअघि उहाँले नेपाल सरकार तथा शुभेच्छुकहरुप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँलाई प्रमुख चिकित्सक डा.श्यामबहादुर पाण्डेले शुभकामना स्वरुप पुष्पगुच्छाका साथ विदाई गर्दै भन्नुभयो ।।।शताब्दी पुरुषको सेवा गर्ने अवसर प्राप्त हुनुले मलाई आफ्नो चिकित्सकीय इतिहासमा गौरव लागेको छ ।’

फोक्सो प्ल्युरल इफ्यूजनको रोगका कारण उहाँलाई अस्पताल भर्ना गरिएको थियो । डा.जोशीको फोक्सोबाट २ लिटर पानी निकालिएको थियो । फोक्सोमा पानी जम्मा भइरहने कारण उहाँको दाहिनेपट्टि छातीमा शल्यक्रिया गरेर ट्युब राखिएको थियो ।

डा.श्यामबहादुर पाण्डेको नेतृत्वमा डा.सङ्गीतलाल कसजु, डा.विनोद कार्की डा.विश्वकुमार श्रेष्ठ र डा.चिरञ्जिवी पन्तको टोलीले उहाँको उपचार गरेका थिए ।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव नइ प्रकाशन