Print this page

हृदयरोगको प्रमुख कारण धुमपानः डा.कोईराला

heart attack bhagwan koirala

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालाले पछिल्लो समय ४० वर्षभन्दा मुनीका व्यक्तिहरुलाई हृदयघात हुने क्रम बढ्दो रहेको बताएका छन्। खराब जिवनशैलीका कारण युवा अवस्थामा हृदयघात हुने क्रम बढ्दै गरेको उल्लेख गर्दै उनले त्यसको प्रमुख कारण धुमपान हुने गरेको बताए।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको दोस्रो स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोईरालाले युवा अवस्थामा हुने ९८ प्रतिशत हृदयघातको कारण धुमपान भएको र धुमपानको लतलाई छुटाउन सकेपनि हृदयघातबाट सर्वसाधारणलाई जोगाउन सकिने बताए।

सरकारी क्षेत्रबाट राजधानी बाहिर विशेषज्ञ सहितको स्वास्थ्यसेवा प्रदान गर्न नसकिरहेको अवस्थामा समुदायस्तरबाट संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले यस क्षेत्रका मुटुका विरामीहरुलाई सेवा प्रदान गर्नु उदाहरणीय कार्य भएको बताए ।