Print this page

प्रवासी नेपाली मंन्च जर्मनीको प्रेश वक्तव्य

                                                                      प्रेश वक्तव्य


३० नोभेम्वर, २०१७
२००६ सालमा स्थापित नेपालको कम्युनिष्ट आन्दोलनले नेपालमा राणा शासन र राजतन्त्रको अन्त्यका लागि जनआन्दोलन र जनयुध्द मार्फत प्रमुख महत्वपुर्ण योगदान गर्दै आफुलाई सर्वाधिक लोकप्रिय वनाएको छ। तर पनि यो आन्दोलनले अहिले सम्म बेला वेलामा बिभिन्न आरोह अवरोहहरु व्यहोर्दै आएको छ र बिभिन्न धारहरुमा बिभाजित हुदै आएको थियो । त्यस्कै कारणले पनि जनताको पक्षमा काम गर्ने दिगो र दिर्घकालिन प्रकृतीको जनप्रगतशिल सरकारको निर्माण गर्नमा अहिले सम्म यो आन्दोलन चुकेको कुरा हामी सवैलाई प्रस्ट छ। तर अव जन सचेतना को कारण परिस्थिती वदलिएको छ। नेपालमा अव राजनैतिक परिवर्तनको अभिभारा पुरा भएको छ ।

देशमा वामपन्थि र प्रगतिशिल बिचारकहरुको नेतृत्वमा आन्तरिक रुपमा राष्ट्रिय पुजिको बिकास गर्दै नेपाललाई सम्मुन्नत वनाउनु राजनैतक पार्टीहरुको अवको प्रमुख दायित्व बन्न पुगेकोे छ। यसै यथार्थतालाई ध्यानमा राख्दै अक्टुवर क्रान्तीको सतवार्षिकीको अवसर पारेर नेपालका दुई प्रमुख कम्युनिष्ट पार्टीहरुः नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच चुनावी तालमेल हुदै पार्टी एकिकरण गर्ने निर्णय दुवै पार्टीका शिर्ष नेताहरुले वाहिर ल्याएका छन। कम्युनिष्ट आन्दोलनको एकिकरण र ध्रुर्विकरणको यस निर्णयले देश बिदेशमा वस्ने आम नेपाली दिदी वहिनी तथा दाजुभाईहरुमा ठुलो उत्साह र हर्ष पैदागरेको छ। नेपालका दुई प्रमुख कम्युनिष्ट पार्टीहरु वीच हुने एकिकरणले झापा आन्दोलन देखि जनयुध्द सम्ममा देश र जनताको लागि आप्mनो ज्यान अर्पण गर्ने सहिदको सपना साकार पार्ने छ र हाल नेपालमा बिद्यमान राजनैतिक अस्थिरतालाई समाप्त पार्ने छ।

अहिले हुन गईरहेको यो पार्टी एकिकरणले प्रस्ट वहुमत सहितको प्रगतिशिल राष्ट्रवादी सरकारको गठन गर्नेछ भन्ने बिश्वास आम नेपालीहरुले गरेका छन्। वामपन्थीहरुको नेतृत्वमा वन्ने सरकारले नेपालमा वेलावखत हुने गरेका बैदेशिक हस्तक्षेपहरु समाप्त पार्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने छ र देशलाई समृध्दी तर्फ डोर्याउने छ । साथै नयाँ संम्विधानका मुख्य उपलव्धीहरुः गणतन्त्र, संघियता, धर्म निरपेक्षता , राज्यको पुर्नसंरचना लगायत समावेशिता र समानताको रक्षा गर्ने छ। तसर्थ नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच हुन गइरहेको चुनवी तालमेल सहितको पार्टी एकिकरणलाई प्रवासी नेपाली मन्च जर्मनी र नेपाली जन प्रगतिशिल मन्च जर्मनीले संयुक्त रुपमा हार्दिक स्वागत गरेका छन । नेपालमा हाल सम्पन्न हुन गइरहेको संघिय र प्रदेश सभाको निर्वाचनमा बामपन्थी उमेदवारहरुलाई आप्mनो अमुल्य मत प्रदान गरि बिजयी गराउनहुनको लागि यी दुवै संस्थामा क्रियाशिल सम्पुर्ण नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको प्रतिनिधित्व गर्दै हामी हार्दिक अपिल गर्न चाहन्छौ। साथै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य क० प्रकाश दाहलको असामहिक निधनको खवरले हामी सवैलाई स्तव्ध तुल्याएको छ। त्यस्तै जन गायक खुशिराम पाख्रिनको निधनले पनि हामीलाई निकै दुःखि र मर्माहित तुल्याएको छ। यो घडीमा दुवै मृतात्मा को चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुमा गहीरो समवेदनाा प्रकट गर्न चाहन्छौ।

चन्द्रकान्त आचार्य
अध्यक्ष, प्रवासी नेपाली मंन्च जर्मनी
सम्भु प्रसाद पोखरेल (सागर)
अध्यक्ष, नेपाली जन प्रगतिशिल मंन्च जर्मनी

554839 447478418669999 67786938 n