• About Us
  • Contact US
logo
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
  • राशिफल
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
  • राशिफल
  • Home
  • विश्व समाचार

आज विश्व थाइराइड दिवस

  • Sunday, 26 May 2019 10:06
  • font size decrease font size decrease font size increase font size increase font size
  • Print
  • Email

thyroid

आज मे २५ अर्थात् विश्व थाइराइड दिवस । शनिबार नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइदैँ छ ।दिवसका अवसरमा सरकारी तथा नीजि गैरसरकारी संस्थाहरुले र्यालीलगायत जनचेतनामूलक कार्यक्रम, छलफल तथा स्वास्थ्य शिविर गरिदैँ छ ।पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताउँछन् ।विशेषत: महिलाहरुमा यो रोग बढी देखिएको विभिन्न अस्पतालहरुको तथ्यांक रहेको छ ।

दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एन्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्‍याली निकालेको छ ।अल्का अस्पतालबाट सुरु भएको र्‍याली जावलाखेल,कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ पुन अल्का अस्पतालमा आएर समापन भएको थियो। विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ ।

के हो त थाइराइड रोग ?

मानव शरीरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ । यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ ।थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । यी हर्मोनहरुको शरिरको बृद्धि विकासमा अहम भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ। र रोग लाग्छ । त्यो रोगलाई थाइराइड रोग भनिन्छ ।

थाइराइडमा समस्यामा छ/छैन भनेर थाहा पाउनु पहिला टिएचएस अर्थात थाइराइड स्टिमुलेटिङ हर्मोनको जाँच गर्नुपर्छ । यसमा तल/माथि आयो भने 'टि थ्री', 'टि फोर' र टिएसएच जाँच गर्नु पर्ने हुन्छ ।टिएचएस हर्मोन बढेपछि 'टि थ्री' र 'टि फोर' घट्नै पर्छ भन्ने हुँदैन । यसका साथै टिएचएस घटेपछि 'टि थ्री' र 'टि फोर' बढ्नै पर्छ भन्ने पनि हुँदैन ।

किन हुन्छ थाइराइड?

नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै हुनु रहेको डाक्टर अशुंमाली जोशीले बताउँछन् । शरीरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए । थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ ।

विशेष गरी मिसावटयुक्त खाना र वंशाणुगत कारणले यो रोग लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । हाइपोथाइरिजमको समयमै उपचार नभए मस्तिष्क, मुटुलाई असर गर्ने, बाँझोपन हुने बेहोस भएर ढल्ने खतरा हुन्छ भने हाइपोथाइरोडिजम (हर्मोन बढी हुने) भएमा मुटुको चाल गडबड भएर मानिसको मृत्यु पनि हुन सक्ने सम्भावना रहेको चिकित्सकहरुको भनाइ छ ।

Tweet
More in this category: « अस्ट्रेलियामा सत्तारुढ गठबन्धनको जित इथोपियामा सेना प्रमुखमाथि गोली प्रहार »
back to top
© Copyright SwissNepal.com Pvt. Ltd. All Rights Reserved (swissnepalinfo@gmail.com)