Print this page

यूक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ३२ डलरको जरिवाना

कीव । आगामी मे २७ तारिखबाट औपचारिकरुपमा पदभार सम्हाल्न गइरहेका युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की नयाँ समस्यामा फसेका छन् । हास्यकला मार्फत राजनीतिमा होमिएका जेलेन्स्की गत निर्वाचनको दौरान मतदातालाई आकर्षित गर्न मतदानको समयमा आफ्नो मतपत्र देखाएको सजाय पाउँदैछन् ।निर्वाचन आचारसंहिताको विरुद्धमा जाँदै उनले देखाएको मतपत्रको कारण एक स्थानीय अदालतले मतदान गोपनियता भंग गरेको भन्दै ३२ अमेरिकी डलर बराबरको जरिवाना लगाएको छ ।

निर्वाचनको दिन टिभी मिडियाकर्मी र फोटोग्राफरहरुलाई आफ्नो मतपत्र प्रदशर्न गरेको आरोपमा राजधानीको कीव स्थित स्थानीय अदालतले उनीविरुद्ध एक फैसला लिँदै मतदान गोपनियताको रक्षा कानुन तोडेको आरोपमा उनी माथि उक्त सजाय सुनाइएको हो।निर्वाचनको दौरान जेलेन्स्कीद्वारा गरिएको मतपत्र प्रदशर्नको बारेमा विपक्षीले लगाएको आरोपलाई उनले अदालतसामु स्वीकार गरेको जनाइएको छ ।