Print this page

समुद्री आँधी ‘फानी’ : भारत, नेपालपछि बंगलादेशमा

cyclone fani tarikul62663514 twitter photo  1556972129

समुद्री चक्रवात फानी शनिबार बंगलादेशमा पुगेर ठूलो जनधनको नोक्सान गरेको हो । यसअघि भारतमा फानीबाट ९ जनाकाे मृत्यु भएकाे थियाे । ६३ जना घाइते भएको पनि जनाइएको छ । बंगलादेशमा १६ लाख मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ । बंगलादेशमा फानीले तटबन्ध भत्काउँदा ६३ गाउँ जलमग्न भएको बताइएको छ ।

चक्रवातका कारण तटीय जिल्लामा सयौं घर भत्किएका छन् । कैयौं ठाउँमा बिजुली तथा इन्टरनेट छैन । खराब मौसमका कारण केही उडानसमेत रद्द गरिएको बताइएको छ ।भारतको पूर्वी तटीय राज्य ओडिशामा शुक्रबार समुद्री आँधी फानी सक्रिय भएपछि भारतका विभिन्न क्षेत्र हुँदै नेपाल प्रवेश गरेको थियो । फानीबाट पूर्वी नेपालमा वर्षा भएको थियो भने सगरमाथा र कञ्चनजंघालगायत हिमाली भेगमा हावाहुरी र हिमपात भएको छ ।

शुक्रबार सगरमाथा आरोहणको क्रममा शिविरमा ठड्याइएका लगभग १०० त्रिपालहरूमा क्षति पुगेको छ ।सरकारले शुक्रबारदेखि पूर्वी पहाडी र हिमाली क्षेत्रमा हेलिकोप्टर उडान समेत बन्द गर्न निर्देशन दिएको थियो ।नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको ओडिसाबाट शुक्रबार बिहान पसेको समुद्री आँधीको केही प्रभाव हिमाली क्षेत्रसम्म देखिए पनि अब त्यो नेपालमा कमजोर हुने क्रममा रहेको छ ।

–एजेन्सी