Print this page

जैश–ए–मोहम्मद समुहका नेता मसूद अजहरलाई आतंकवादी घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मद समुहका नेता मसूद अजहरलाई आतंकवादी घोषणा गरेको छ ।उनी गत फेब्रुअरीमा भारत प्रशासित कश्मीरमको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी गराइएको विस्फोटको योजनाकार हुन । पुलवामा घटनापछि भारत र पाकिस्तान युद्धको संघारमा पुगेका थिए ।भारतले मसूदलाई आतंकवादी घोषणा गर्न संयुक्त राष्ट्रसंघमा निरन्तर पहल गरिरहे पनि चीनको असहमतिले पूरा हुन सकेको थिएन यसपटक चीनले उक्त समूहबारेको आफ्नो अडान छोडेपछि राष्ट्रसंघले त्यस्तो निर्णय गरेको हो ।

मसूदमाथिको प्रतिबन्धलाई भारतले आफ्नो कूटनीतिक जितको रूपमा हेरेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मसूदलाई आतंककारी घोषणा गर्नुलाई भारतको सफलताको रुपमा व्याख्या गरेका छन् ।उनले भारतले आतंकबादी समूहलाई जरैदेखि उखेल्न गरेको प्रयासले सार्थकरुप लिएको टिप्पणी गरेका छन् ।

यस निर्णयसँगै मसूदको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू लाग्नेछन् ।सन् १९९९ मा इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरिदिएको मसूद अजहरले नै उक्त समूहको गठन गरेका हुन् ।

त्यतिखेर सो विमानलाई काठमाडौंबाट अपहरण गरेर तालिबानशासित अफगानिस्तान पुर्‍याइएको थियो ।दिल्लीस्थित भारतको केन्द्रीय संसद्मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष भारतले जैश–ए–मोहम्मदमाथि लगाएको छ ।त्यसैगरी सन् २०१६ को जेनुअरीमा पाकिस्तानी सीमानजिकै रहेको पठानकोटस्थित हवाई सैन्य अखाडामा भएको आक्रमणका निम्ति पनि भारतले जैश–ए–मोहम्मदलाई जिम्मेवार ठह¥याएको छ ।(एजेन्सी)