Print this page

भारतको महाराष्ट्रमा माओवादी हमला, १६ सुरक्षाकर्मीको मृत्यु

भारतको महाराष्ट्रमा माओवादी आक्रमण हुँदा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।महाराष्ट्रको गढचिरौली जिल्लामा माओवादीहरुले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विष्फोट गराएका थिए ।माओवादी लडाकुले आईईडी बिस्फोट गराउँदा प्रहरीको गाडी हावामा उडेको थियो ।गाडीमा सी ६० कमाण्डोहरु सवार रहेकाे बीबीसीले जनाएकाे छ ।नेपाली समय अनुसार बुधबार दिउँसो पौने १ बजे आक्रमण भएकाे थियाे ।बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको समाचार संस्था एएनआईले जनाएको छ ।आक्रमण अघि आज बिहानमात्रै माओवादीहरुले महाराष्ट्रको गढचिरौली जिल्लामा करिब तीन दर्जन सवारी साधन जलाइदिएका थिए ।

गठचिरौली महाराष्ट्रको सबैभन्दा धेरै माओवादी प्रभावित जिल्ला हो ।यो घटना त्यो समयमा भएको थियो, जुन बेला राज्यले 'महाराष्ट्र दिवस' मनाउने तयारी गरिरहेको थियो ।विद्रोहीहरु पनि गतवर्ष २२ अप्रिलका दिन सुरक्षाकर्मीद्वारा मारिएका आफ्ना ४० जना कार्यकर्ताको पहिलो वार्षिकी मनाउने सप्ताहव्यापी कार्यक्रमको अन्तिम चरणमा थिए ।

यसअघि लोकसभा चुनावको एकदिन अगाडि पनि प्रहरीको गस्ती टोलीमाथी नक्सालवादीले आक्रमण गरेका थिए ।घटनास्थल छोडेर भाग्नुपूर्व विद्रोहीहरुले गतवर्ष मारिएका आफ्ना साथीको हत्याको बिरुद्ध नाराजुलुस गर्नुका साथै पोष्टर र व्यानर लगाएका थिए ।के हो सी ६० कमाण्डो ?

माओवादीको गुरिल्ला रणनीतिसंग मुकाबला गर्नका लागि महाराष्ट्र प्रहरीले एक विशेष दलको स्थापना गरेको थियो ।त्यसमा स्थानीय जनजाति समुदायका मानिसहरु सामेल थिए ।

१९९२ मा बनेको यस विशेष दलमा ६० स्थानीय जनजाति समूहका मानिसहरु सहभागी थिए ।विस्तारै दलको ताकत बढ्दै गयो र नक्सालवादीको विरुद्धमा यसको अपरेशन पनि बढ्न थाल्यो ।दलमा सहभागी भएका जनजाती समूहका मानिसहरुको स्थानीय जानकारी, भाष तथा संस्कृतीको जानकारी अनुसार चल्ने यो समूह लडाकुको जानकारी लिन सफल थियो ।सन् २०१४, २०१५ र २०१६ मा सी ६० कमाण्डोले माओवादी विरुद्ध चलाएका अपरेसनहरुमा सफलता प्राप्त गरेको थियो ।